February 21, 2024
Comp-1-1

कार्यालय भित्रै प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको अनैतिक हर्कत

कार्यालय भित्रै प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको अनैतिक हर्कत
Comp-1-1

काठमाडौं । इलामको माईजोगमाई गाउँपालिकाकाको कार्यालय भित्रै प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र सोही कार्यालयका लेखा अधिकृत रेशमा राईको अनैतिक हर्कत गरेको सिसी टिभी फुटेज बाहिरिएको छ।

समाजिक सञ्जालमा बाहीरीएको भिडीयोमा प्रमुख प्रशासकीय अधिकृत राई र लेखा अधिकृतले कार्यालय भित्रै गरेको हर्कतका कारण गाउँपालिकाको बेइज्जती भएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले बताए । उनले वास्तविकता बुझेर कारबाहीको प्रकृया अगाडी बढाउने बताएका छन् । फुटेज बाहिरीएको हल्ला कारण प्रसाशकिय अधिकृत यस अघि नै गाउँपालिका छाडेर अर्को स्थानीय तहमा गएको भनिए पनि उनलाई कार्यालयबाट आधिकारीक बिदाई नगरीएको उनको भनाइ छ । अधिकृत राईले अहिले पनि कार्यलयको निमित्त कार्यालय प्रमुख लेखा अधिकृत रेश्मा राईलाई नै छाडेर हिँडेको अध्यक्ष थेवेले बताएका छन् ।

यस विषयमा के भएको भन्ने आफुलाई केही थाहा नभएको र आज दिनभरी नै यो विषयमा सञ्चार माध्ययमले आफुलाई फोन गरी रहेको गाउँपालिकाका छैटौं अधिकृत गोकुल प्रसाद सञ्जेलले बताए ।

उनीरुको गतिविधि देख्दा जोकोहीले पनि उनीहरु कार्यालय नभएर अन्यत्र भए जस्तो अनुभुति गर्न सक्छन् । सिसी टिभी फुटेजमा उनीहरुले यौन कृयाकलाप गरेको सहजै देखीएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content