March 4, 2024
Comp-1-1

एशियन गेम्स तयारीको लागि उसु टोलि चिन प्रस्थान

एशियन गेम्स तयारीको लागि उसु टोलि चिन प्रस्थान
Comp-1-1

काठमाडौं । चिनको होङझाव शहरमा हुने १९ औं एशियन खेलकुद प्रतियोगिताको तयारीको लागि १५ सदस्यीय उसु टोलि चिनको हुझाव सहर प्रस्थान गरेका छन । नेपाल उसु महासंघले आज एक कार्यक्रम गरी उसु टोलिलाई बिदाई गरेको हो ।

उसु महासंघका अध्यक्ष तथा राखेप बोर्ड सदस्य जनक प्रसाद बर्तौला, बरिष्ठ उपाध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुङगाना, उप महासचिव राजिव महर्जन, सचिव नविन बस्नेत, कोषाध्यक्ष शंकर भुजेल लगायत महासंघका सदस्यहरु तथा प्रशिक्षकहरुले खेलाडी तथा प्रशिक्षकहरुलाई बिदाई गरेका छन् । अध्यक्ष बर्तौलाले सहभागि खेलाडी तथा प्रशिक्षकहरुलाई ट्याकसुट प्रदान गरेका छन् ।

चिनको हुझाव सहरमा २२ दिनसम्म तयारी प्रशिक्षण गरि उसु टिम एसियन खेलकुदमा सहभागी हुने टिम व्यवस्थापक तथा नेपाल उसु महासंघका महासचिव नवराज ढुङगाना ‘विश्वास’ जानकारी दिए ।

कार्यक्रममा नेपाल उसु महासंघका बरिष्ठ उपाध्यक्ष शैलेश कर्मचार्य तथा उप–महासचिव राजिव महर्जनले खेलाडी तथा प्रशिक्षक लाई शुभकामना प्रदान  गरे।

सहभागी खेलाडिहरुमा थाउलोतर्फ विजय सिन्जाली, दीपक हमाल, पासाङ शेर्पा, निमा घर्तिमगर, सविता राई, कविता थापा मगर र सुस्मिता तामाङ्ग रहेका छन् ।

त्यस्तै सान्दातर्फ पदम राई, मंगलप्रसाद थारु, समन घुस्री, रोहित चुनारो र एलिना चौधरी रहेका छन् ।

यसैगरि मुख्य प्रशिक्षकमा अमर कुमार थिङ्ग र अन्य दुई प्रशिक्षकमा प्रकाशवहादुर लामा (थाउलो) र गणेश अर्याल (सान्दा) रहेका छन् । टोलीसंगै नेपाल उसु महासंघका महासचिव नवराज ढुङगाना पनि हुझाव जानेछन् । टोली हुझावबाटै हाङझाव एसियाडमा सहभागी हुनेछ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content