February 21, 2024
Comp-1-1

अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान

अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान
Comp-1-1

काठमाडौं । जर्मनमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । कीर्तिपुर नगरपालिकाले एक कार्यक्रम गरिपदक बिजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई सम्मान गरेको हो।

गत अगस्ट ४ देखि २४ गते सम्म भएको उक्त प्रतियोगिता र समर क्याम्पमा नेपालबाट सहभागी खेलाडीहरुले पदक जित्न सफल भएका छन् । प्रतियोगितामा इभान महर्जनले ३० केजीमा स्वर्ण पदक तथा एन्गस महर्जनले ४० केजीमा रजत पदक हात पारेको थिए । यसैगरी प्याट्रिक श्रेष्ठले ५० केजीमा कास्य पदक जितेका छन् ।

कीर्तिपुर नगरपालिकाको उप मेयर शुभलक्ष्मी शाक्यले विजेता खेलाडीहरु तथा प्रशिक्षकलाई खादा र प्रमाण–पत्र प्रदान गरि सम्मान गरेकी छिन् । उनले खेलाडीहरुलाई अझ प्रगति गरि देश र कीर्तिपुर नगरको नाम उच्च राख्न हौसला प्रदान गरिन्।

उक्त टिम कीर्तिपुर नगरपालिका र जर्मनको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा जर्मन गएको थियो । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरि पदक जित्न सफल भएको टिम प्रशिक्षक राजिव महर्जनले जानकारी दिएका छन् ।

कार्यक्रममा कीर्तिपुर खेलकुद बिकास समिति तथा विथ लोकल्स नेपालले पनि सहयोग सम्पन्न भएको थियो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटा, वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कीर्तिपुर खेलकुद समितिका संयोजक विजय प्रकास महर्जन लगायतको उपस्थिति रहेको थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content