February 27, 2024
Comp-1-1

जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती सम्पन्न

जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती सम्पन्न
Comp-1-1

काठमाडौँ । जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाल बालसाहित्य समाज र जयपृथ्वी फाउन्डेसनसँगको सहकार्यमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती भब्य रुपमा सम्पन्न भएको हो । प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सिंहको १४७ औँ जन्मजयन्तीको अवसरमा बालसाहित्य विधामा तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान गरिएको छ । त्यस्तै चित्रकला विधामा जयपृथ्वी बालप्रतिभा पुरस्कार सुश्री आश्रिती श्रेष्ठ र साहित्य विधामा जयपृथ्वी बालप्रतिभा पुरस्कार समर्पण न्यौपानेलाई प्रदान गरियो ।

यसैक्रममा कुलपति राईले जयपृथ्वीबहादुर सिंह एक मानवतावादी र प्रतिरोधी चेतना भएका राणाकालीन सङ्घर्षशील व्यक्तित्व भएको बताए । उनले सिंहको साहित्य लेखन, शिक्षा, स्वास्थ, दर्शन र पत्रकारिताको क्षेत्रमा ऐतिहासिक भूमिका रहेको बताए । कुलपति राईले भने ‘सिंहकोे नेपालमा आधुनिक विकास र चेतनाको ढोका खोल्ने महत्त्वपूर्ण योगदान रहेको छ’

स्वागत मनतव्यका क्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले जयपृथ्वीबहादुर सिंह विद्रोही चेतना भएका व्यक्ति भएको बताए । सिंहले शिक्षा, दर्शन र समाज सुधार लगायतका क्षेत्रमा अनुकरणीय विचार फैल्याएको डा. सुवेदीले दाबी गरे ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले जयपृथ्वी बहादुर सिंहले राणाकालीन समयमा सत्यवादी पाठशाला खोलेर जनताका छोराछोरीलाई पढ्ने अवसर प्रदान गर्नु, नेपाली भाषामाआफैँले पाठ्यपुस्तक लेखेर पठनपाठनको थालनी गर्नु महत्त्वपूर्ण योगदान रहेको बताइन। सिंहलाई शिक्षासेवी, भाषासेवी, साहित्य साधक, समाजसुधारक, मानवतावादी र स्वास्थ्यसेवीको रूपमा लिनु पर्नेमा डा. रिसालको जोड थियो ।

कार्यक्रममा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले जयपृथ्वीबहादुर सिंहको योगदानबारे चर्चा गरे ।

यसैगरी सोच नेपालका अध्यक्ष डा. दामोदर पुडासैनी ‘किशोर’, त्रिवि दर्शनशास्त्र विभाग प्रमुख डा. गोविन्दशरण उपध्याय, मानववाद र जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंह एवम् पुरस्कृत र सम्मानित प्रतिभाहरूले समेत मनतव्य राखेका थिए ।

यस्तै नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले गरेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content