March 4, 2024
Comp-1-1

धरानमा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी

धरानमा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी
Comp-1-1

काठमाडौं । सुनसरीको धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले डेंगी संक्रमण नियन्त्रणबाहिर रहेको कारण देखाएर निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरेको हो । निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झन्डाचोकदेखि धरानतर्फको क्षेत्रमा लागु हुने छ ।

यसैगरी धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र–३ चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधादेश लागु हुने प्रशासले जनाएको छ ।

अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिकरूपमा गरिने सामाजिक, धार्मिक तथा राजनीतिक सभाहरू नगर्न भनेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content