February 21, 2024
Comp-1-1

धादिङको गजुरी बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

धादिङको गजुरी बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
Comp-1-1

काठमाडौं । धादिङको गजुरीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ बजे सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा ६ पुरुष र २ महिला गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनास्थलबाट १६ जनाको उद्धार गरिएको जसमध्ये ८ जनाको मृत्यु भएको र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली र स्थानीय उद्धारमा खटिएका छन् । बस सडकबाट करिब ४० मिटर तल त्रिशुली नदिमा खसेको थियो । बसमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content