February 27, 2024
Comp-1-1

ओखलढुंगा–काठमाडौ पत्रकार समाज गठनको पूर्व तयारी

ओखलढुंगा–काठमाडौ पत्रकार समाज गठनको पूर्व तयारी
Comp-1-1

काठमाडौं । पुर्ख्यौली घर तथा जन्मथलो ओखलढुंगा भएका कर्मथलो काठमाडौं बनाएर पत्रकारिता गरिरहेका ओखलढुंगा पत्रकारहरुले ओखढुंगा–काठमाडौं पत्रकार समाज गठनको पूर्व तयारी गरेका छन् । शनिवार नेपाल पत्रकार महासंघको सभाहलमा ओखलढुंगाका पत्रकारहरुको अनरौपचारिक भेलाले ओखढुंगा–काठमाडौं पत्रकार समाज गठन गर्ने तयारी गरेका हुन ।

भेलाले पत्रकार तथा प्रज्ञासभा सदस्य चेतनाथ धमलाको संयोजकत्वमा मनोज भर्‍राई, जानुक बराल, युवराज पहाडी, जीवन शर्मा, टीकादास श्रेष्ठ र शिव विक (मिलन) सदस्य रहेको तदर्थ समिति चयन गरेको छ । समितिले लगत संकलन, फेसबुक पेज निर्माण, विधान तयारी र अर्को बृहत्त भेलाको तयारीका लागि काम गर्ने छ ।

भेलामा जिल्लाका पत्रकारहरुबीच आपसी परिचय सहित जिल्लाको समग्र विकास, समृद्धि र अवस्थाका बारेमा छलफल भएको थियो।

अनौपचारिक रूपमा आयोजित उक्त भेलाको उद्देश्यमाथि नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारीले प्रकाश पारेकी थिन् । उनले
भेलाले काठमाडौंमा रहेर पत्रकारिता गर्ने पत्रकाहरहरुमा आपसी सद्भाव बढेको बताइन् ।

वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालले ओखलढुंगा जिल्लाको गौरवमय इतिहास भएका कारण पहिले प्राथमिक क्षेत्र निर्धारण गरेर काम गर्न सक्नुपर्ने सुझाव दिए । उनले संस्था दलीय अनुबन्धबाट अनुबन्धित हुनुहुँदैन र पत्रकारिताले सकेसम्म सत्यको निकट पुग्ने प्रयास गर्न सक्नु पर्ने बताए ।

नेपाल प्रेस काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले निश्चित उद्देश्यले संस्था जन्माउने भएका कारण पहिले संस्थाको उद्देश्य प्रष्ट पारेर संस्था स्थापना गर्न सुझाव दिए । उनले भने ‘पत्रकारले सत्यको उजागर गर्ने हो, पक्ष र विपक्षमा लागेर समाचार दिने होइन । त्यसैले हामीले गरेका राम्रा कामको हामीभन्दा पछिल्लो पुस्ताले पनि अनुकरण गर्न सकोस् ।’

कार्यक्रमका अन्त्यमा तदर्थ समितिका संयोजक चेतनाथ धमालाले आफूले विधान निर्माणदेखि कार्यसमितिको चयनसम्मको जिम्मेवारी इमानदारितापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेलामा करिव पाँच दशक अघिदेखि पत्रकारितामा क्रियाशिल बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, गोपाल बुढाथोकी, पत्रकार तुलसी हरि कोईराला, चेतनाथ धमला, सविन धमला, पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीसहित दुइ दर्जन भन्दा बढी क्रियाशिल पत्रकाहरुको उपस्थित रहेको थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content