February 27, 2024
Comp-1-1

थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स
Comp-1-1

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स दिएको छ । ३२ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको हो ।

हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाल पूर्ण कारोबार गर्ने अनुमति पाएका छन् ।

यसैगरी सीमित कार्य गर्ने अनुमति पाएका सजिलो ब्रोकर लिमिटेड ललितपुर, रोडसो सेक्युरिटिज लिमिटेड सुन्धारा र बेनी सेक्युरिटिज प्रालि बानेश्वर रहेका छन् ।

बोर्डले २०७९ असोजमा ३० दिनको म्याद सहित सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका ४५ मध्ये ४३ कम्पनीलाई लाइसेन्नसको पूर्वस्वीकृति दिएकोमा हालसम्म ३७ कम्पनीले लाइसेन्स पाइसकेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content