February 27, 2024
Comp-1-1

प्रचण्ड सरकारमा नयाँ मन्त्री नियुक्त, शपथ सोमबार बिहान

प्रचण्ड सरकारमा नयाँ मन्त्री नियुक्त, शपथ सोमबार बिहान
Comp-1-1

काठमाडौं । पुष्पकमल दाहाल ‘पचण्ड’को सरकारमा नयाँ मन्त्री नियुक्त गरिएको छ । जनमत पार्टीकी अनिता देवी शाहलाई नियुक्त गरिएको हो । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

राष्ट्रपति कार्यालय सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको जनाएको छ । जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

यसअघि गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा जनमतबाट खानेपानी मन्त्री भएका अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content