March 4, 2024
Comp-1-1

महेन्द्रको शालिकमा गङ्गाप्रसादको भोक !

महेन्द्रको शालिकमा गङ्गाप्रसादको भोक !
Comp-1-1

शिव सागर शर्मा

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको मूल भवनको भुईँ तलाको हललाई महेन्द्र मञ्जिल हल भनिन्छ । नेपाल एकेडेमीका नाममा हालको प्रज्ञा प्रतिष्ठानको स्थापना राजा महेन्द्रले २०१४ सालमा गरेका थिए । महेन्द्रले त्यहाँ आफ्नो शालिक राख्न लगाई २०२७ असार ९ गते अनावरण गरेका थिए । उक्त शालिक अमर चित्रकारले बनाएका हुन् ।

वि.सं. २०६२–६३ को जनआन्दोलनमा महेन्द्रको शालिक तोडफोड गरिएको थियो । आन्दोलनकारी प्रज्ञा–प्रतिष्ठानमा प्रवेश गरेर शालिकको हात निकालेका थिए भने अन्य भागमा पनि क्षति पुऱ्याएका थिए ।

त्यस शालिकलाई मर्मत गरेर स्थापना गरिएको हाल राखिएको ताम्रपत्रमा उल्लेख छ, तर शालिक मर्मत नगरी नयाँ बनाउन लगाएर राखिएको र तामपत्रमा दिइएको सूचना भ्रामक भएको प्रतिष्ठानका एक कर्मचारीले बताउँछन् ।

अहिले राखिएको ताम्रपत्रमा लेखिएको छ, ‘तात्कालिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानअन्तर्गत निर्मित प्रज्ञा भवनको २०२७ असार ९ गते भएको समुद्घाटनका अवसरमा अनावृत यो प्रतिमा जीर्ण भएको’ भनिएको छ ।

प्रज्ञा–प्रतिष्ठानका अर्का कर्मचारी सुरेन्द्रकाजी सिन्दुराकारले पहिलाको शालिक राजदण्ड र श्रीपेचसहितको भएको बताए । उक्त शालिक तोडफोडपछि थन्काइएको र अहिलेको शालिक फरक स्वरूपमा बनाइएको उनी बताउँछन् । पूर्ववत् अवस्थाको शालिकभन्दा फरक हुने गरी हात बाँधेको अवस्थामा बनाइएको छ भने शालिकको पोशाकको स्वरूप पनि परिवर्तन गरिएको छ । मर्मत गरेर पुरानै शालिक राख्न सक्ने अवस्था हुँदाहुँदै कुलपतिको नाम राख्नकै लागि नयाँ शालिक राखेर पुनः अनावरण गरिएको ताम्रपत्र राखिएको तत्कालीन एक प्राज्ञले बताए । यसरी राख्दा पुरानो ताम्रपत्र हटाइएको छ । ‘त्यसबेला हामीसँग धेरै कुरामा सल्लाह हुँदैन थियो’ प्राज्ञले भने ।

यसरी पुरातात्त्विक सम्पदाको रूपमा परिभाषित भइसकेको शालिकको भौतिक स्वरूप पुरातत्व विभागको र शालिकको सिर्जनात्मक पक्ष शिलापत्र भने राष्ट्रिय अभिलेखालयको मातहतमा पर्दछ।

१०० वर्ष पुराना पुरातात्त्विक वस्तुको अध्ययन पुरातत्त्व विभागले गर्ने भएपनि मर्यादा क्रममा रहेका राष्ट्रिय व्यक्तित्वको शालिक जुनसुकै बेला पनि हेर्न सक्ने व्यवस्था रहेको छ, तर शिलापत्र स्थापना भएको २५ वर्षमै राष्ट्रिय अभिलेखालयले त्यसबारे अध्ययन गर्न सक्नेछ ।

महेन्द्रको शालिक पुनः निर्माणका क्रममा प्राचीन स्मारक संरक्षण ऐन रअभिलेखालय संरक्षण ऐन र यीसँग सम्बन्धित नियमावली मिचेक‍ो पाइएकाले त्यसअनुरूप निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती जवाफदेही हुनुपर्ने जानकार बताउँछन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content