March 4, 2024
Comp-1-1

कुलपति राई कोलकातामा अभिनन्दित

कुलपति राई कोलकातामा अभिनन्दित
Comp-1-1

कोलकाता। नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईलाई जनकल्याण समिति कोलकाताले अभिनन्द गरेको छ । कोलकाताको हावडास्थित शरत् सदनको प्रेक्षालयमा आयोजित नेपालका आदिकवि भानुभक्त आचार्यको २१० ओैँ जन्मजयन्ती अवसरमा कुलपति राईलाई भव्य अभिनन्दन गरेको हो।

सो अवसरमा प्रमुख आतिथ्य कुलपति राई लगायत विशिष्ठ व्यक्तित्वहरूले भानुभक्तको तस्बिरमा माल्यार्पण गरेका थिए ।

यसैक्रममा कुलपति राईले कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड कोलकाताका प्रबन्धक हेमनाथ पौडेल लगायतका व्यक्तित्वहरू र विभिन्न स्रष्टाहरूसँग आपसी भेटघाट र विमर्श गरेका छन।

पश्चिम बङ्गाल सरकारका सहकारी मन्त्री अरुप रायको उपस्थितिमा कुलपति राईले ‘बिहानी’ पत्रिकाको २४ओैँ अङ्कको विमोचन गरे । सो पत्रिका प्रत्येक वर्ष भानु जयन्तीका सन्दर्भमा प्रकाशित गर्ने गरिएको छ ।

यस अवसरमा कुलपति राईले ‘आदिकवि भानुभक्त आचार्यले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई एकसूत्रमा बाँध्ने काम गरेकोमा सह्राना प्रकट गरे । उलने भने ‘आफू कोलकातामा आएर भानुजयन्तीको सन्दर्भमा अभिनन्दित हुन पाउँदा हर्षानुभूति छु’ । नेपालबाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको विकासका लागि नेपाली जनकल्याण समितिले गरेको योगदान निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य डा. मधुसूदन गिरीले अनेकतामा एकता स्थापना गर्ने महत्त्वपूर्ण काम आदिकवि भानुभक्त आचार्यले गरेका हुन् । यसैकारण नेपालका सबै जातजाति र कोलकातालगायत विश्वभरिका सबै नेपाली बिचमा सद्भाव, सौहाद्रता र एकताको काम भानुभक्तले गरेका हुन । यसले हामी नेपालबाट यहाँ आएर एक्कै भावनामा गाँसिएका छौँ उनले भने ।

यसैगरी कार्यक्रममा पश्चिम बङ्गालका सहकारी मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडक निर्माणको निर्णय भइसकेको जानकारी दिँदै भानुभक्त आचार्यको प्रतिमा बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिना, नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल,
पत्रकार तथा कवि प्रकाश सिलवाल, भारतीय प्राध्यापक डा. सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष नारायणप्रसाद होमागाईं, ‘बिहानी’ पत्रिकाका सम्पादक नरविक्रम थापालगायतले भानुभक्तको योगदानको चर्चा गर्दै विश्वभरका नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापाले विभिन्न समयमा साहित्यिक गोष्ठी, सम्मेलन, अन्तरक्रिया ,कार्यशाला, सांस्कृतिक प्रदर्शन, रक्तदान, एम्बुलेन्स सञ्चालन, गङ्गासागर मेलामा स्वास्थ्य उपचार शिविर सञ्चालन गर्दै आएको कुरा जानकारी दिए ।

कार्यक्रमको सञ्चालन समितिका महासचिव रामबहादुर कार्कीले गरेको थिए । कोलकातामा आयोजित २१०ओैँ भानु जयन्ती भव्यताका साथ सम्पन्न भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content