February 27, 2024
Comp-1-1

सुन तस्करी प्रकरणबारे बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री

सुन तस्करी प्रकरणबारे बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री
Comp-1-1

काठमाडौं । सुन तस्करी प्रकरणबारे बुझ्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेका छन् । विमानस्थलस्थित भन्सार कार्यालयबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन भन्सार कार्यालय पुगेका हुन् ।

गृहमन्त्रीसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख भन्सार कार्यालय पुगेका छन् ।

गत बुधबार विमानस्थल भन्सार कार्यालयबाट करिब एक क्विन्टल सुन बाहिरिदै गर्दा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त प्रकरणको अनुसन्धान लागि सुन बोकेको ट्याक्सी चालकसहित १० जना पक्राउ परिसकेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content