March 4, 2024
Comp-1-1

डोटीमा घर भत्किँदा एक जनाको मृत्यु

डोटीमा घर भत्किँदा एक जनाको मृत्यु
Comp-1-1
 दिपायल । डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।
प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content