February 21, 2024
Comp-1-1

जनसार्कको छैटौं साधारणसभा सम्पन्न, सभापतिमा पुनः बिसी निर्वाचित

जनसार्कको छैटौं साधारणसभा सम्पन्न, सभापतिमा पुनः बिसी निर्वाचित
Comp-1-1

काठमाडौं । जनसार्क समन्वय मञ्च नेपालको छैटौं साधारणसभा सम्पन्न भएको छ । शनिबार ललितपुर बालकुमारीस्थित माइलस्टोन कलेजको सभाहलमा सम्पन्न  भएको हो । सभाले सभापतिमा पुनः हरि बहादुर बिसीलाई निर्वाचित गरेको छ ।

वरिष्ठ समाजसेवी एवं प्रशासक बिसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा तुल्सीप्रसाद तिम्सिना, महासचिवमा सन्तोष कुमार घिमिरे र सचिव तथा प्रवक्तामा भरत ढकाल निर्वाचित भएका छन् ।

यसैगरी समितिको कोषाध्यक्षमा दिनदयाल रिजाल, सदस्यहरुमा रामेश्वर प्रसाद घिमिरे, देवी खड्का, उमा तिमिल्सिना मरहट्ठा र बिजया दाहाल चयन भएका छन् ।

दक्षिण एसियाली राष्का जनताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उदेश्यले २०७२ सालमा स्थापित मञ्चको कोभिड–१९ अगाडी विभिन्न कार्यक्रम तथा भ्रमण गरेको थियो । कोभिडका कारण विभिन्न गतिविधि हुन नसकेपनि केही महत्वपूर्ण काम भएको संस्थाको दाबी रहेको छ । साधारणसभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो धारणा तथा सुझाव व्यक्त गरेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content