February 21, 2024
Comp-1-1

चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा
Comp-1-1

काठमाडौँ । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । फिल्म निर्धारित मितिभन्दा एक दिन अगावै देशभरका हलमा रिलिज भएको हो ।

सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यस फिल्ममा शिल्पासँगै कोसिस क्षेत्री र गौरव विष्ट मुख्य भूमिकामा छन् । चलचित्रमा एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् ।

शर्मिला पाण्डेको निर्माण, निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन् ।

फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने समस्याको कथा वाचन गर्छ । अभिनेत्री शिल्पाले दिएको वेड सिनका कारण पनि यो फिल्म चर्चामा छ ।

बुधबार साँझ काठमाडौँमा विशेष प्रदर्शनी गरिएको थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content