July 27, 2024

सिद्धिचरण नगरपालिकाको बजेट ६८ करोड ५६ लाख

सिद्धिचरण नगरपालिकाको बजेट ६८ करोड ५६ लाख

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६८ करोड ५६ लाख ९९ हजार ३ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार १२औँ नगरसभामा बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाले आन्तरिक आय १ करोड ५० लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर बाँडफाँटबाट ६५ लाख, संघीय सरकारको राजश्व बाँडफाँट ९ करोड ८७ लाख ३ हजार ३ सय, प्रदेश सरकार अन्तर्गत सवारी साधन कर ८५ लाख ९३ हजार, संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान र शसर्त अनुदान गरी ३ करोड ३१ लाख ३ हजार र बाँकी अपुग रकम मौज्दातबाट २ करोड ५० लाख रकम व्यहोर्नेगरी बजेट बनाएको हो ।

नगरपालिकाले शिक्षातर्फ २७ करोड ८० लाख ७७ हजार विनियोजन गरेको छ । स्वास्थ्यतर्फ ६ करोड २ लाख ९ हजार, कृषि तथा पशुतर्फ १ करोड ८९ लाख ५९ हजार, खानेपानी तथा सिंचाइतर्फ १ करोड १५ लाख, पूर्वाधार विकासतर्फ २ करोड ९८ लाख ३ हजार विनियोजन गरिएको छ ।

१२ औं नगरसभामा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले बुङ आलु उत्पादन, भण्डारण र बजारीकरणमा जोड दिने, उन्नत विउमा नगरलाई आत्मनिर्भर बनाउने, कृषि उपज बाह्य बजारको पहुँचमा पुर्याउन, कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, घाँसमा आधारित पशु उत्पादनलाई जोड दिने, प्राविधिक तथा व्यवसायिक धारको शिक्षा सञ्चालमा जोड दिने, विकास निर्माणमा जनसहभागितालाई समावेश गराएर मात्र निर्माण कार्य अगाडि बढाउनेलगायतका विषय समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगरसभामा उपमेयर केदारबाबु बस्नेतले बजेट प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content