March 4, 2024
Comp-1-1

राष्ट्रिय कविता महोत्सव २०८०का लागि २५ कविता छनोट

राष्ट्रिय कविता महोत्सव २०८०का लागि २५ कविता छनोट
Comp-1-1

काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०८०का लागि २५ कविता छनोट भएका छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानले आफ्नो ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना गर्न लागेको कविता महोत्सव २०८० का लागि २५ कविता छनोट भएका हुन् ।

जसमा नेपालीभाषातर्फ अविनाश भट्टराईको पाइतालाहरू, उमा शर्माको त्यो दिनको तयारी , कमल विवश मगरको कम्ब्याट, कृपाकरुणा पोखरेलको रक्तिम कथा, उमेश पुनको छोरी, सिमाना र देश, गोविन्दप्रसाद आचार्यको तिम्रो नजरमा, जीवन आरोहीको प्रश्नहरूको विज्ञप्ति, तीर्थराज विश्वकर्माको कविले के सम्झियो ?, दिनेश राईको पोक्ची दिदीको कथा, नवीन अभिलाषी, भेरी अभिशप्त बगिरहेछ, पूर्ण सन्ध्या समाधिको खोला र लाली गुँरास, प्रकाश दिप्साली राईको नौरानको नाम, प्रदीप योङहाङको पृथ्वीको प्रोटेट चित्र, राधिका कल्पितको परिचयपत्र, शर्मिला दुलालको एउटा गीत, सञ्जित फलाना, आदिवासी डाँडा, सुन्दर शिरीषको एकप्रदेशी बकपत्र र सुवास सङ्गम राईको माटोको उचाइ कविताहरू छनोट भएका छन् । त्यसैगरी मातृभाषातर्फ लिम्बू मातृभाषामा इन्दु फोम्बोको केसेम्बा, निङ्वाहा ,खाम मगर भाषामा टङ्कबहादुर झाँक्री मगर ९ समीप वैरागी ०रहुन्के बे बड्डा ,नेपाल भाषामा दिलकुमारी डङ्गोल रविश्वासया पस्खास्,रचाम्लिङ भाषामा बादलदेवी चाम्लिङको तोक, थामी भाषामा रमेश थामीको छड्के सलाम र झोला, डोटेली भाषामा खिमानन्द जोशीको मूई गोठ नाइँ झान्या हुँ, डोटेली भाषामा पूर्णचन्द्र ओझाको सन्निको मान्स राष्ट्रिय कविता महोत्सव २०८० का लागि छनोटमा परेका छन् ।

इमेल र प्रत्यक्ष गरी ८९२ वटा कविता प्राप्त भएका कवितामा ६४४ वटा कवितामात्र आधिकारिक रूपमा दर्ता भएका हुन् । यी कविताहरूको मूल्याङ्कन गरी छनोट समितिले २५ जना कविका २५ ओटा कविताहरूलाई वाचनका लागि छनोट गरेको छन् । छनौटमा परेका कविताहरू यही २०८० असार ९ गते, शनिबार आयोजना हुने राष्ट्रिय कविता महोत्सवमा बाचन गरिने छन् ।

यी वाचित कविताहरू मध्येबाट १० जना कविका उत्कृष्ट कवितालाई छनौट गरी पुरस्कृत गरिने छ । यस दशकमै सर्वाधिक कविहरूले नेपाली भाषा रमातृभाषाका कविता पठाएर समावेशी स्वरूपको राष्ट्रिय कविता महोत्सव २०८० लाई अनुमोदन गरेका छन् । यसपटक महोत्सवका लागि छनौट भएका २५ वटा कवितामध्ये मातृभाषामा लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका ७ वटा र नेपाली भाषामा १८ वटा कविता छानिएका छन् । यसपटकको राष्ट्रिय कविता महोत्सवमा कविहरूको यस दशककै सर्वाधिक सहभागिता रहेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content