February 21, 2024
Comp-1-1

मुख्यमन्त्री कप फुटबल : ओखलढुङ्गा सेमिफाइनलमा

मुख्यमन्त्री कप फुटबल : ओखलढुङ्गा सेमिफाइनलमा
Comp-1-1

ओखलढुङ्गा , ६ असार । मुख्यमन्त्री कम फुटबलमा ओखलढुङ्गा सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको प्रतिष्पर्धात्मक खेलमा झापालाई हराउदै ओखलढुङ्गा सेमिफानल प्रवेश गरेको छ । झापालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउदै ओखलढुङ्गा सेमिफाइनल प्रबेश गरेको हो ।

बुधबार विहान करीब ९ बजेदेखि भएको खेलमा पहिलो हाफ टायममा कुनैपनि गोल हुन सकेन । दोश्रो हाफ सुरुवातमा झापाले ओखलढुङ्गा भर्से सझापाको ओखलढुङ्गाको विरुद्धमा एक गोल ग¥यो ।

ओखलढुङ्गाले एक गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा दुवै तर्फवाट १–१ को बराबरी भएपछि खेललाई पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ओखलढुङ्गाका गोलकिपर रेवत मगरले उत्कृष्ट दुईवटा प्रहारलाई बचाए । ओखलढुङ्गाका एक खेलाडीले गरेको प्रहार भने गोलपोष्टबाट बाहिर गएको थियो ।

खेल सकिएसँगै झापा खेलवाट बाहिरीएको छ । जारी प्रतियोगितामा सेमिफाइनल पुग्ने ओखलढुङ्गा पहिलो टीम भएको छ । प्रतियोगितामा पेनाल्टी सुटआउटको दुईओटा प्रहारलाई उत्कृष्ट रुपमा बचाउने ओखलढुङ्गाका रेवन्त मगर म्यान अफ दी म्याच घोषित भए ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content