March 4, 2024
Comp-1-1

गजल

गजल
Comp-1-1

लीलाराज दाहाल

जजसले मलाई यहाँ चिन्दा रहेछन्
खान खोज्छु अनि गाँस छिन्दा रहेछन्

दुःखमा साथ दिन्छु भन्नेहरू नै अक्सर
हठात् म लड्दा नदेखेझैं हिन्दा रहेछन्

हाली लोभको जाँतोमा स्वार्थको हातो
आत्मारूपी अनाज पो पिन्दा रहेछन्

लिलामीमा अस्मिता चढाउनेहरूले
पैसा पैसा केवल पैसा चिन्दा रहेछन्

नैतिकताको परीक्षामा सामेल हुनेले
बेइमानीका नयाँ घर किन्दा रहेछन् ।

वागमती-११, कर्मैया, सर्लाही

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content