March 4, 2024
Comp-1-1

वामपन्थ आन्दोलन ओरालो लागेकोमा सर्वत्र चिन्ता

वामपन्थ आन्दोलन ओरालो लागेकोमा सर्वत्र चिन्ता
Comp-1-1

काठमाडौँ । नेपाली वामपन्थ ओरालो लागेकोमा सर्वत्र चिन्ता हुन थालेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा नेपाल वैकल्पिक अध्ययन समाजद्वारा आयोजित ‘किन ओरालो लाग्यो नेपाली वामपन्थ’ विषयक अन्तर्क्रिया कार्यक्रममा वक्ताहरु चिन्ता व्यक्त गरेका हुन् ।

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले घटनाक्रम जे भएपनि पुरै वामपन्थी ओरालो लागे भन्ने भाष्य सबै अर्थमा नमिल्ने धारणा व्यक्त गरे । उनले नयाँ ढङ्गले जागृत हुने आशा र अपेक्षा जीवितै रहेको बताएका छन् ।

त्यसै गरी संविधान सभासदस्य तथा नेपाल वैकल्पिक अध्ययन समाजका अध्यक्ष हरि रोकाले ‘किन ओरालो लाग्यो नेपाली वामपन्थ’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अनुमानित तथ्य, वामपन्थ र उदारवादको पहिचानमा समस्या भएकाले नै नेपाली वामपन्थ ओरालो लागेको हो बताए ।

सोही कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले अबको क्रान्ति पुँजीवादका विरुद्ध विज्ञान र प्रविधिलाई आत्मसात् गरेर मात्रै अघि बढ्न सकिने बताए ।

यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नवउदारवादी अर्थनीतिबाट वामपन्थको हित हुँदैन । बरू आर्थिक र नैतिक पक्षमाथि व्यापक बहस गर्दै नयाँनयाँ मुद्दाको संवोधन गर्न सक्ने ज्ञान र उत्पादनको पक्षमा वामपन्थ पुग्न सक्नुपर्ने बताए ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य रचना खड्गा भनिन् ‘जनवादी केन्द्रीयता भित्र मात्रै सबै समाधान छ भनेर खोज्नु नै वामपन्थ ओरालो लाग्नु हो’ । उनीले उत्पन्न भएका मुद्दालाई जनताबाट अनुमोदित गर्नसके मात्रै वामपन्थको हित हुने बताइन् ।

त्यस्तै राजनीतिक विश्लेषक विनोद लोहनीले भूराजनीतिक अवस्था र वस्तुगत परिस्थितिलाई सटीक ढङ्गले विश्लेषण गर्दै वामपन्थलाई प्रशस्त अघि बढाउन सकिने बताए ।

लेखक, पूर्व सांसद तथा वैकल्पिक अध्ययन समाजका महासचिव नारायण ढकालले कार्यक्रम सञ्चालन गर्ने क्रममा ओरालो लागेको वामपन्थलाई उकास्न विचार र दृष्टिकोण प्रस्ट पार्दै जनताका चाहना अनुरूप काम गर्नुपर्ने बताएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content