March 4, 2024
Comp-1-1

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
Comp-1-1

बुटवल, २ असार । पाल्पाको तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।

अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर वेपत्ता भएका थिए ।

परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पा जनाएको छ ।

उक्त स्थानमा यसअघि पनि पटक पटक पौडी खेल्ने क्रममा डुबेर मानिसको ज्यान जाने गरेपनि त्यहां जान रोक लगाउने विषयमा सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content