March 4, 2024
Comp-1-1

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
Comp-1-1

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरण भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे उनलाई प्रहरीले काठमाडौं एर्पोटबाट पक्राउ गरेको हो ।

पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content