February 27, 2024
Comp-1-1

 केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

 केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
Comp-1-1

काठमाडौं, २५ वैशाख । भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति ४० जना पर्यटकहरू चढेको डुंगा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन् । छुट्टीमा घुम्न आएकाहरू दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । मुख्यमन्त्री पिनराई विजयनले पूर्व निर्धारित सबै कार्यक्रमहरू रद्द गरेर आज बिहान दुर्घटनास्थलको भ्रमण गर्दैछन् ।

दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content