February 21, 2024
Comp-1-1

मन्त्रिपरिषदमा कांग्रेसबाट थपिए ३ मन्त्री

मन्त्रिपरिषदमा कांग्रेसबाट थपिए ३ मन्त्री
Comp-1-1

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसका ३ जना मन्त्री थपिएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालय जनाएको छ ।

३ जना मन्त्री नियुक्ति भए पनि सरकारले अझै पूर्णता पाएको छैन् । अझै वन तथा वातावरण र खानेपानी मन्त्रालय खाली छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content