February 27, 2024
Comp-1-1

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

Comp-1-1

काठमाडौं, १९ वैशाख । एसिसी प्रिमियर कपको उपाधि नेपालले जितको छ । फाइनलमा यूएईलाई ७ विकेटले पराजित एसीसी प्रिमियर कपको उपाधि जितेको हो । जितसगैं नेपाल एसिया कपका लागि छनोट भएको छ।

सोमबार टीयू मैदान क्रिकेट मैदान टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । मंगलबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भयो ।

यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। चौथो विकेटका लागि गुलशनम झा र भिम सार्कीले ९६ रनको अविजित साझेदारी गरे।

गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहे। ८४ बलको सामना गरेका गुलशनले ३ चौका र ६ छक्का प्रहार गरे। भीमले ७२ बलमा ४ चौका हाने।

कप्तान रोहित पौडेल ७.६ ओभरमा रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए। नेपालले सातौं ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो। दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाइ गुमाएको थियो। १ रन बनाएका कुशल रोहन मुस्तफाको बलमा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्केका थिए।

सातौं ओभरको पहिलो बलमा आशिफ शेख ८ रनमा आउट भए । आशिफ अफ्जाल खानको बलमा एलबीडब्लु धरापमा परे।

नेपाल एसीसी प्रिमियर कपको उपाधिसगैं सेप्टेम्बरमा पाकिस्तान हुने एसिया कप खेल्नेछ । एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने छ ।


एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो।

सिंगापुरमा भएको एसिसि ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content