February 21, 2024
Comp-1-1

वर्षाले रोकीएको नेपाल र यूएईको बाँकी खेल भोलि हुने

वर्षाले रोकीएको नेपाल र यूएईको बाँकी खेल भोलि हुने
Comp-1-1

काठमाडौं, १८ वैशाख । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज वर्षाका कारण स्थगित भएपछि बाँकी खेल भोली हुने भएको छ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको थियो ।

बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार बिहान ९ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले सोमबार (आज) खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् ।

भोलि पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content