February 27, 2024
Comp-1-1

युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा. आचार्य र धमलालाई

युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा. आचार्य र धमलालाई
Comp-1-1

शिव बहादुर वि.क

काठमाडौं, १४ वैशाख । ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्रा.डा. जयराज आचार्य र ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार २०८०’ चेतनाथ धमलालाई प्रदान गरिने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानले नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रा.डा. आचार्यलाई प्रदान गर्ने भएको हो ।

यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै धमलालाई प्रदान गरिने भएको हो । युगकविले युवा अवस्थामा प्रारम्भ गरेको पत्रकारितालाई स्मरण गरी यस प्रतिष्ठानले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्य पुरुपोत्तम बस्नेत र प्रा.डा. उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content