March 4, 2024
Comp-1-1

कतारमाथि नेपालको शानदार जीत, समूह विजेता बन्दै सेमिफाइनलमा

कतारमाथि नेपालको शानदार जीत, समूह विजेता बन्दै सेमिफाइनलमा
Comp-1-1

काठमाडौँ, १४ वैशाख। कतारमाथि नेपालले शानदार जीत निकालेका छ । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनको शानदार जीत निकालेको हो । जीतसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

ीयसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्दतले सो रन बनाउन सफल भए । एकदिवसीय क्रिकेटमा सन्दीपले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो ।

नेपालले खेलमा खराब सुरुवात गरेको थियो । नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भए । दुवै विकेट गायान मुनाविराले लिएका थिए ।

१३ औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भए । इकरामुल्लाह खानको बलिङमा उनी पनि क्याच आउट भए । खेलको १६ औँ ओभरमा कप्तान रोहित पौडेल २७ रन बनाएर आउट हुन पुगे ।

पाँचौ विकेटका रुपमा नेपालले कुशल मल्ललाई ३ रनमा गुमायो । त्यसपछि ११ रन बनाएर सोमपाल कामी पभिलियन फर्किए भने आरिफ शेख पनि समान रन बनाउँदै आउट भए । दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले पनि खासै कमाल देखाउन सकेनन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content