February 21, 2024
Comp-1-1

रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो माथि अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो माथि अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
Comp-1-1

काठमाडौं, ७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

आज चितवनमा पत्रकारहरुको प्रश्नमा श्रेष्ठले दुई करोडको अडियो आएको छ । त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रिया भएको छैन् । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार अघि बढ्ने बताएका छन् ।

उक्त अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् । अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै ७२ घण्टाभित्र छानबिन गरि सक्ने बताएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content