February 21, 2024
Comp-1-1

सरकारको १०० दिन, ३७ उपलब्धि

सरकारको १०० दिन, ३७ उपलब्धि
Comp-1-1

काठमाडौँ, २० चैत । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनमा गरेको ३७ बुँदे उपलब्धी सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा महत्वपूर्ण कार्य तथा प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए ।

प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको जनाएको छ ।

सरकारले सय दिनको छोटो अवधिमै पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकहरूको सरल र सहज पहुँचलाई सुनिश्‍चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको दाबी गरेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content