March 4, 2024
Comp-1-1

बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण

बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण
Comp-1-1

बारा, १८ चैत ।आइसीटीसी राम रुक्मिनी प्राइभेट च्यारीटेवल ट्रस्ट हात्तिसार काठमाडौँको सहयोगमा एक्सपोज नेपाल ललितपुरले बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर १८ मा निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ । शनिबार वडा भित्रका ३ सय जना महिलालाई एक्सपोज नेपालले उत्पादन गर्दै आएको पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याड वितरण गरेको हो ।

शंकरचोक र बडहर्वा चोक गरी दुई स्थानमा भएका कार्यक्रममा प्रत्येक महिलालाई चाररचार वटाका दरले प्याड वितरण गरिएको हो । कार्यक्रममा उपमहानगरका उपमेयर भोला अधिकारीले सजिलो प्याड बनाउन उपमहानगरबाटै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले स्वच्छ महिनावारी र महिलाहरूलाई सिप वृद्धि गर्ने गरी एक्सपोज नेपालसँग सहकार्य गरेर कार्यक्रम गर्न सकिने उल्लेख गरे ।अधिकारीले यस्ता कार्यक्रममा उपमहानगरभित्रका सबै महिलालाई समेट्न आफूले पहल गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले आगामी वर्ष स्वास्थ्य र महिलाका लागि विनियोजन हुने बजेट पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम र प्याड वितरणमा छुट्याउने प्रतिबद्धता जनाए ।

यस्तै एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालका कुनैपनि पालिकाले माग गरेका खण्डमा तालिम संचालन गर्न र प्याड वितरण गर्न आफू तयार रहेको बताए । कार्यक्रममा सहजकर्ता मंगला थापा पूर्व वडा अध्यक्ष अर्जुन दाहालले आफ्ना अनुभव राखेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content