March 4, 2024
Comp-1-1

दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग

दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग
Comp-1-1

काठमाडौं १२ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओलखढुंगामा जीप र बस दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै खतिवडाले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भईरहेकोले निःशुल्क स्वास्थ्य उपचारकको व्यवस्था गर्न सरकारसँग सो माग गरेका हुन् ।

सवारी दूर्घटनामा परेर घाईते भएकाहरुलाई सरकारले निशुल्क उपचारको व्यवस्था मिलाओस् भनेर म माग गर्न चाहन्छु ।’ उनले भने । खतिवडाले सबै बसहरुमा यात्रुहरुका लागि स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए छन् ।

सांसद खतिवडाले उच्च तहका व्यक्तिहरुलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content