February 27, 2024
Comp-1-1

प्रहरी महानिरीक्षकमा वसन्त कुँवर नियुक्त

प्रहरी महानिरीक्षकमा वसन्त कुँवर नियुक्त
Comp-1-1

काठमाडौं, १० चैत । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

कुँवर प्रहरी नायब महानिरीक्षक छँदा मधेश प्रहरी प्रमुख थिए । एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व समेत गरेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content