February 21, 2024
Comp-1-1

प्रदेश १ को नामकरणको प्रस्तावमाथि छलफल जारी

प्रदेश १ को नामकरणको प्रस्तावमाथि छलफल जारी
Comp-1-1
विराटनगर, १७ फागुन । प्रदेश नं. १ को नामकरणसम्बन्धी प्रस्तावमा छलफल गर्न प्रदेश सभा बैठक बसिरहेको छ ।
प्रदेश सभा सचिवालयमा एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो । नेकपा (एकीकृत समाजवादी) ले लिम्बुवान किरात सगरमाथा नाम राख्न भन्दै अर्को प्रस्ताव दर्ता गरेको छ ।
एमालेको प्रस्तावमा समर्थन गरेको कांग्रेसले प्रस्ताव दर्ता भएको केही समयपछि समर्थन फिर्ता लिएको निवेदन दिएको छ । प्रस्ताव दर्ता भएको केही घन्टापछि कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन् ।
Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content