February 27, 2024
Comp-1-1

दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सानदार जित
Comp-1-1

काठमाडौं, ५ फागुन । दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङसँगै नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित हात पारेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा ८ चौका र १ छक्कासहित ८५ रनमा अविजित रहे । सोमपाल कामी ३२ बलमा ३ चौकासहित २४ रनमा अविजित रहे ।

कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको उत्कृष्ट इनिङ खेले । कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरे । कुशलको यो करिअरको दोस्रो ओडिआई अर्धशतक हो ।


तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट हुन पुगे । कुशल भुर्तेलले ८ बलमा ४ चौका हान्दै आउट भएका थिए ।

 

चौथो बलमा ज्ञानेन्द्र मल्ल एज लागेर क्रसबाटै ६ रनमा क्याच आउट भए । त्यसअघि इनिङको पहिलो ओभरमै सोलले २३ रन खर्चेका थिए । तेस्रो ओभरमा भने उनले खेल मोडेका थिए । पाँचौं ओभरमा आसिफ शेखलाई उनले ९ रनमा क्याच आउट गराए ।

कप्तान रोहित पौडेल ६ रनमा क्याच आउट भए । स्पिनर मार्क वाटको बलमा कट खेल्नेक्रममा रोहित प्वाइन्टमा ज्याक जार्विसबाट क्याच आउट हुन पुगेका थिए । सन्दीप जोरा ५ रनमा मार्क वाटको बलमा एलबीडब्लू आउट हुँदा नेपाल १०.५ ओभरमा ७७–५ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि गुलशन झा र दीपेन्द्रले ४३ रनको साझेदारी गरेका थिए । माइकल लिस्कको बलमा गुलशन १६ रनमा कट एण्ड बोल्ड आउट भए ।

 

स्कटल्यान्डका स्पिनर मार्क वाटले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले १० ओभरमा ७२ रन खर्चेर ३ विकेट लिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content