February 21, 2024
Comp-1-1

पोखरालाई हराउँदै जनकपुर नेपाल टी–२० को प्लेअफमा

पोखरालाई हराउँदै जनकपुर नेपाल टी–२० को प्लेअफमा
Comp-1-1

काठमाडौं । नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै जनकपुर रोयल्स प्लेअफमा पुगेको छ । जितसँगै जनकपुर शीर्ष दुईमा रहँदै क्वालिफायर स्थान पक्का बनाएको छ ।

जितको लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका ओपनर शराफुद्दिन अशरफले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

अर्का ओपनर ट्रभोन ग्रिफिथले १३ बलमा ३ चौकासहित १७ रनमा आउट भए । पोखरका कुशल मल्लले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । असिथा फ्रेनान्डोले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको पोखरा ६८ रनमा अल आउट भयो । यो नेपाल टि२० लिगमा पुरै २० ओभरको खेलमा सबैभन्दा कम योगफल हो ।

पोखराका सिद्धान्त लोहनीले १० बलमा २ छक्कासहित सर्वाधिक १७ रनमा आउट भए । आसिफ शेख १० बलमा ३ चौकासहित १६ रनमा आउट भए । कुशल मल्लले १८ बलमा २ छक्काहित १६ रन बनाए ।

लज्जास्पद ब्याटिङ गर्नेक्रममा पोखराका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर सुमित महर्जन एक, आरिफ शेख दुई, उपुल थरंगा, आमिर हाम्जा शून्य र विपिन खत्री ८ रनमा आउट भए ।

जनकपुरका सोमपाल कामीले २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । शराफुद्दिन अशरफले १ ओभरमा ४ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया, ट्रेभन ग्रिफिथ र पवन सरार्फले एक एक विकेट लिए ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content