February 21, 2024
Comp-1-1

माधव पोखरेल ‘गोज्याङ्ग्रे’का एकैसाथ छ वटा कृति लोकार्पण

माधव पोखरेल ‘गोज्याङ्ग्रे’का एकैसाथ छ वटा कृति लोकार्पण
Comp-1-1

 

काठमाडौं । हास्यव्यङ्ग्यकार माधव पोखरेल ‘गोज्याङ्ग्रे’का एकैसाथ ६ वटा कृति लोकार्पण भएको छ । शुक्रबार नेपाल साहित्य पत्रकार सङ्घको आयोजनामा युनिटी फुड क्याफे बागबजार, काठमाडौंमा एकैसाथ छ थान पुस्तक लोकार्पण भएको हो ।

नव सिर्जना साहित्यिक त्रैमासिकले प्रकाशन गरेको छ थान पुस्तकमा चारथान हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, एक थान कथा सङ्ग्रह र एक थान व्यङ्ग्य काव्य रहेका छन् ।

यसअघि हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘मुसालाई मुद्दा’ प्रकाशन गरेका ‘गोज्याङ्ग्रे’का यस पटक सिंहदरबारका नरसिंहहरू, भ्रष्टपति, भ्रष्टपाल र अथः नेता देवायै नमः गरी चारथान हास्यव्यङ्ग्य निबन्ध, मद्यशाला व्यङ्ग्य काव्य र अवगाल कथा सङग्रह प्रकाशित भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content