March 4, 2024
Comp-1-1

ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन

ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन
Comp-1-1

 

काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पेलेको ८२ वर्षको उमेरमो कारण निधन भएको हो ।
उनले २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जिताएका छन् ।

१९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए ।

उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले १९५८ मा ब्राजिललाई वल्र्डकपको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाए ।

उनले फुटबल १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका थिए । डेब्यू खेलमा उनले पहिलो गोल गरेका थिए । त्यसपछि १० वर्षसम्म उनले त्यसै क्लबबाट खेले र कूल ६४३ गोल गरे ।
उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वल्र्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।

को हुन् पेले ?

पेलेको बाबू डोन्डिन्हो अर्थात ओआओ रामोस डो नासिमेन्तो र आमा सेलेस्त अरान्तेस हुन् । पेलेको बाबू डोन्डिन्हो क्लब लेभलका फुटबल खेल्थे । सन् १९४० अक्टोबर २३ तारिखमा मिनास गोराइसमा जन्मिएका पेले बाल्यकालदेखि नै फुटबल खेल्थे । बाबुबाटै फुटबल खेल्ने प्रेरणा पाएका पेले सानैबाट लगनशील थिए ।

पेलेको बाल्यकालको नाम एडसन आरन्तेस डो नासिमेन्तो हो । तर पछि उनको नाम पेले रहन गयो । पेलेले तीनपटक विवाह गरेका थिए । सन् १९६६ मा पेले रोसेमेरी दोस रेइस चोल्बीसँग विवाह बन्धनमा बाहिए । तर, यो सम्बन्ध १९८२ मा पुगेर टुट्यो । त्यसको १२ वर्षपछि पेलेले दोस्रो विवाह गरे । तर एसिरिया नास्सिमेन्तोसँग विवाह गरेको १४ वर्षपछि यो सम्बन्ध पनि टिकेन । पेलेले २०१६ मा मार्सिया आयोकीसँग विवाह गरेका थिए । पेलेका सात सन्तान छन् । पेलेले तीन वर्ष खेलकुद मन्त्री भएर पनि काम गरे ।

पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । १७ वर्षको उमेरदेखि ब्राजिलको राष्ट्रिय फुटबल टिमबाट खेल्न थालेका पेलेले ९१ खेल खेल्दै ७७ गोल गरे । ब्राजिलका नेयमार बाहेक यो उच्च स्कोर अन्य कुनै खेलाडीले भेट्टाउन सकेका छैनन् । कतार विश्वकपमा नेयमारले पेलेको सर्वाधिक ७७ गोलको रेकर्ड बराबरी बनाएका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content