February 27, 2024
Comp-1-1

प्रचण्डले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश

प्रचण्डले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश
Comp-1-1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् ।

गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।

जसअनुसार प्रचण्डले आफूलाई समर्थन गर्ने दलका नेताहरुसहित शितल निवास गएर सरकार बनाउन दाबी पेश गरेका हुन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content