February 27, 2024
Comp-1-1

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित
Comp-1-1

ओखलढुंगा । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरिन् । खतिवडा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थिए ।

प्रदेशसभा ‘क’ मा प्रदीप सुनुवार

ओखलढुंगा प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका प्रदीप सुनुवार विजयी भएका छन् । उनले नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३६० मतान्तरले पछिपार्दै सुनुवार विजयी भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका सुनुवार १४ हजार ९ सय १६ मत ल्याएर विजयी हुँदा भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गुरूङले १४ हजार ५ सय ५६ मत ल्याएका छन् । जसपाका खेमराज खड्काले १ हजार ८० मत पाएका छन् ।

प्रदेशसभा ‘ख’ मा बाबुराम गौतम

ओखलढुंगा प्रदेशसभा ‘ख’ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता बाबुराम गौतम विजयी भएका छन् उनले नेकपा एमालेका उम्मेदवार ज्ञानबहादु खड्का (जिबी)लाई १ हजार ९८ मतान्तरले पछिपार्दै गौतम विजयी भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका गौतमले १५ हजार ७ सय ३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खड्काले १४ हजार ६ सय ४० मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका बुद्धिमान राईले ६५७ मत प्राप्त गरे ।

त्यस्तै जसपाका शान्त बहादुर बि.क.ले ५६८ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्पराज पोखरेलले ४०७ मत पाए । त्यसैगरी हाम्रो नेपाली पार्टीका हिरा बहादुर कटुवालले १२२ मत र स्वतन्त्र उम्मेदवार टंकनाथ अधिकारी ११२ मत प्राप्त गरे ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content