March 4, 2024
Comp-1-1

ओखलढुंगा प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका नेता बाबुराम गौतम विजयी

ओखलढुंगा प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका नेता बाबुराम गौतम विजयी
Comp-1-1

ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ‘ख’ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता बाबुराम गौतम विजयी भएका छन् उनले नेकपा एमालेका उम्मेदवार ज्ञानबहादु खड्का (जिबी)लाई १ हजार ९८ मतान्तरले पछिपार्दै गौतम विजयी भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका गौतमले १५ हजार ७ सय ३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खड्काले १४ हजार ६ सय ४० मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका बुद्धिमान राईले ६५७ मत प्राप्त गरे ।

त्यस्तै जसपाका शान्त बहादुर बि.क.ले ५६८ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्पराज पोखरेलले ४०७ मत पाए । त्यसैगरी हाम्रो नेपाली पार्टीका हिरा बहादुर कटुवालले १२२ मत र स्वतन्त्र उम्मेदवार टंकनाथ अधिकारी ११२ मत प्राप्त गरे ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content