February 27, 2024
Comp-1-1

बैंकहरूले ब्याजदर नघटाउने

बैंकहरूले ब्याजदर नघटाउने
Comp-1-1

काठमाडौं । मंसिर महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नघाटाउने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल-माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघले जनाएको हो ।

मुख्य आर्थिक सूचकहरु पहिलेकै ठाउँमा रहेको, मुद्रास्फीति पहिलेकै ठाउँमा भएकोले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल-माथि गर्ने संघले जनाएको छ ।

भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।

असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३ र अधिकतम ९.१३ प्रतिशतसम्म पुगेको छ ।

राष्ट्र बैंकले रेमिट्यान्स निक्षेपमा साधारण निक्षेपभन्दा मुद्दती तथा बचतमा थप १ प्रतिशत बिन्दुले थप ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । कतिपय बैंकले भने रेमिट्यान्स मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content