February 21, 2024
Comp-1-1

आम निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

आम निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा
Comp-1-1

काठमाडौं । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् ।

गृहमन्त्रालयले आज सूचना जारी गर्दै विदासम्बन्धी जानकारी दिएको हो । उक्त सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content