February 27, 2024
Comp-1-1

को हुन् ओखलढुंगाका एमाले उम्मेदवार यज्ञराज सुनुवार ? सांसद हुँदा के के काम गरे ?

को हुन् ओखलढुंगाका एमाले उम्मेदवार यज्ञराज सुनुवार ? सांसद हुँदा के के काम गरे ?
Comp-1-1

काठमाडौं । ओखलढुंगाको श्रीचौरु बाबु मानबहादुर सुनुवार र आमा मनमाया सुनुवारका कान्छा छोराको रुपमा ०२९ सालमा ओखलढुंगाको श्रीचौर हाल मोलुङ गाउँपालिका ५ मा जन्मिएका हुन् । उनले माध्यमिक तहसम्मको अध्ययन बरुणेश्वर मावि रामपुरमा पुरा गरे । विद्यालयमा रहँदा उनी रेडक्रसको जुनियर सर्कलको सभापति भएर सामाजिक सेवाको माध्यमबाट राजनीतिमा उदाएका हुन् ।

सुनुवार नेकपा एमालेका चर्चित युवा नेता हुन् । उनी ओखलढुंगामा जन्मेर राजधानीका ठुला दुई क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाण्डौंको २०५३ सालमा स्ववियू सभापति रहेका भएभने २०५७ सालमा महेन्द्र रत्न कलेज, ताहचलको पनि स्ववियू सभापति निर्वाचित भएपछि चर्चामा रहे । उनी स्ववियु सभापित हुँदै अनेरास्ववियुकको सचिव भए ।

सुनुवारले २०४५ सालदेखि अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् । उनी २०४६ सालमा भएको जनआन्दोलनताका संयुक्त बाम मोर्चा, ओखलढुंगाका ईलाका सचिव थिए ।

उनले जिल्ला अध्यक्ष भएर आफ्नो कार्यकालमा पार्टीका लागि चार तले भवन बनाए । जिल्ला अध्यक्ष हुदै उनी एमालेका इतिहासमा पहिले पटक २०७० सालमा एमालेका तर्फबाट ओखलढुंगा क्षेत्र नं १ मा संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

संविधान सभामा प्रभावकारी भुमिका खेलेर चर्चामा रहेका सुनुवार २०७४ सालको आम निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएर काँग्रेसका नेता रामहरि खतिवडालाई ५ हजार २ सय ५२ मतले पराजित गरेपछि राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाए ।

२०५७ सालदेखि २०६० सालसम्म त्रिवि परिषद्को सभाषद रहेका सुनुवार २०५८ देखि २०६० सालसम्म स्ववियू काउन्सिलको संयोजक भए । २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रको शाही कदमको विरोध गर्दा पक्राउ परेका सुनुवार २०६२ साल बैशाखमा छुटे । २०६५ देखी ०७० सम्म दुई कार्यकाल एमाले जिल्लाको पार्टी प्रमुख भए । एमालेको २०७२ र २०७८ को माहाधिवेशनमा दुई पटक केन्द्रिय सदस्य निर्वाचित भए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट चुनाव लडे पनि पराजित भए । त्यसपछि संविधानसभा निर्वाचन २०७० मा निर्वाचन क्षेत्र ओखलढुंगा क्षेत्र नं. –१, बाट १२ हजार ९४३ मत प्राप्त गरी विजयी भए ।

२०७४ मंसिर १० गते भएको संघीय प्रतिनिधी सभाको चुनावमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार भइ प्रतिस्पर्धी रामहरि खतिवडालाई ५ हजार २५३ मतले पराजित गरे । नेकपा एमलेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलिले संसद विघटन गर्दा विपक्षमा उभिएका सुनुवार संसद विघटन विरुद्ध सर्वाेच्चमा रिट दर्ता गर्न हस्ताक्षर गरेर संविधान र संसद जोगाउने अभियानमा निर्भिकतापूर्वक जुटे ।

सर्वोच्च अदालतले नेकपा विघटनको फैसला गरेर एमाले र माओवादीलाई फरक फरक दलको रुपमा व्यूंताएपछि उनी पार्टी एकता अभियानमा सक्रिय भए । माधव नेपालसँग नजिक रहेका उनी एमाले विभाजनको पक्षमा लागेका नेपाललाई साथ नदिइ एमालेको संगठन विस्तारमा खटिए ।

अहिले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा संघीय प्रतिनिधी सभाको उम्मेदवार बनेका छन् । एमालेमा गठबन्धन विरुद्ध भिड्न सक्ने एक मात्र नेताका रुपमा एमालेले सुनुवारलाई अघि सारेको छ ।

सांसद भएपछि के के गरे ?

२०७० संविधान सभामा संविधानलाई समावेशिता र समानुपातिक प्रतिनिधित्वको सवाल, संघीयता, धर्मनिरपेक्षता र संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सम्बोधन हुनुपर्छ भन्ने धारणालाई संसदमा सशक्त रुपमा उठाएर स्थापित गर्न भूमिका खेले ।

संविधान सभाको कामका अतिरिक्त जनप्रतिनिधिको हिसाबले उनले दुई निर्वाचन क्षेत्र जोड्ने रणनीतिक मोलुङ एकवार सडक, सदरमुकाम ओखलढुंगामा पर्यटकीय क्षेत्र र श्रष्टापार्क निर्माण लगायतका योजना शुरु गरे ।

२०७२ मा गएको विनाशकारी भुकम्प लगत्तै जिल्लामा ढलेका संरचना हटाउन र घर भत्केर बास विहिन भएका नागरिकका लागि अस्थायी आवाश निर्माण गर्न एक महिना स्वयं सेवक लिएर अभियान चलाएँ । जिल्लालाई अति भूकम्प प्रभावित जिल्लाका रुपमा सुचिकृत गराउन संसद र गृह मन्त्रालयमा दवाव सिजर्ना गरँे । जसका कारण भत्किएका २७ हजार निजी घरहरु अनुदानमा बनेका छन् । भव्य विद्यालय भवनहरु निर्माण भएका छन् ।

पर्यटीय क्षेत्रका रुपमा थोलेदेम्बा र पोकली झरनालाई स्थापित गर्न राष्ट्रपति ल्याएर महोत्सव गर्नेदेखि पर्यकीय गन्तव्यका रुपमा सुचिकृत गराई पूर्वाधार निर्माणका काम गरे ।

२०७४ सालमा निर्वाचित भएपछि उज्यालो ओखलढुंगा अभियान चलाएर २० हजार घरधुरीमा केन्द्रिय विद्युत जडान गर्न सफल भए । दुधकोसी एकवार, लिखु एकवारलगायतका सडकको ठेक्का लागेर काम हुन नसकेको अवस्थामा संसदीय अनुगमन गराएर बजेट व्यवस्था गरि हाल ९८ प्रतिशत काम ट्रयाक ओपनको सकिएको छ । खोला नदीहरुमा दर्जन पक्की पुल बनाउन भूमिका खेलेका छन् । ओखलढुंगा रुम्जाटार र रामपुर ओखलढुंगा सडक कालोपत्रे, रामपुर श्रीचौर खिजीदेम्वा सडक निर्माण तथा कालोपत्रे शुरु, सुख्खाग्रस्त क्षेत्रमा बृहत खानेपानीका लिफ्टीङ आयोजना शुरु भएका छन् ।

२०७४ संविधान सभा सदस्य निर्वाचनमा भोट माग्न जाँदा यज्ञराज सुनुवारले कुनै विकास निर्माणका असंम्भव सपना बाँडेनन् । उनले भनेका थिए ‘मत दिएर जिताउनुहोस्, यस अघिका सांसदहरु जस्तो संविधान नबनाइ फर्केर आउँदिन, विकास निर्माणमा सकेको योगदान गर्छु मलाई भट््न सिंहदरवार आउनु पर्दैन ।’ संविधान निर्माणमा उनले गरेको योगदानका अतिरिक्त गाउँलाई जिल्लासम्म सडक सञ्जालमा जोड्न महत्वपूर्ण योगदान गरे ।

ओखलढुंगा–श्रीचौर सडक, साँघुटार–ओखलढुुंंगा–सिलौरीघाट स्तरोन्नति तथा कालोपत्रे गर्न बजेट विनियोजन गर्न सफल भए । मोलुङ एकवार, दुधकोशी एकवार सडक निर्माणमा बजेट विनियोजन गराए । हाल निर्माणको अन्तिम चरणमा छ ।

ओखलढुंगामा ग्रामीण विद्युतीकरणको काम थालेर उज्यालो ओखलढुंगाको अभियान थालनी गरे । सदरमुकाम ओखलढुंगालाई पर्यटकीय हबका रुपमा विकास गर्न थोलेदेम्वा महोत्सब, पोकली झरना र थोलेदेम्वालाई १ सय पर्यटकीय स्थलका रुपमा सुचिकृत बनाउने देखि देम्वामा पर्यटकीय पूर्वाधार निर्माण, प्राप्चा–श्रीचौर–खिजीदेम्वा सडक निर्माण, सदरमुकाम ओखलढुंगामा पर्यटकीय पूर्वाधारका लागि श्रष्टा पार्क निर्माणलाई अन्तिम चरणमा पुर्याउन बजेट व्यवस्था गरेका छन् ।

पहिलो चरणमा उनले आफ्नो निर्वाचन क्षेत्रका सबै गाविस हालका वडा सडक सञ्जालमा जोड््न सफल भएका छन् । उनले संसद हुँदा कुनै विवादास्पद काम गरेनन् । जिल्लाभित्र भूकम्पबाट मृत्यु भएका मृतकका परिवारलाई पाँच हजार एक सयका दरले व्यक्तिगत रुपमा राहत वितरण गरे ।

क्षति भएका सरकारी विद्यालय तथा निजी आवाशका ध्वस्त संरचना हटाउन र अस्थायी टहरा निर्माण गर्न एक महिने अभियान चलाएर एमाले कार्यकर्ताहरु परिचालन गरि पीडितका घर–घर पुगे । यसरी सांसदको रुपमा संविधान निर्माणदेखि जिल्लाको विकासमा महत्वपूर्ण योगदान गरेका उनलाई आगामी दिनमा समृद्ध ओखलढुुंंगाको सपना पुरा गर्न नेतृत्व दिन सक्ने सशक्त उम्मेदवारका रुपमा ओखलढुंगाबासीले हेरेका छन्् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content