February 21, 2024
Comp-1-1

संयुक्त लोकतान्त्रिक बाम गठबन्धन ओखलढुंगाको रामपुरमा चुनावी कार्यक्रम

संयुक्त लोकतान्त्रिक बाम गठबन्धन ओखलढुंगाको रामपुरमा चुनावी कार्यक्रम
Comp-1-1

ओखलढुंगा । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले ओखलढुंगाको रामपुरमा चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका प्रत्यक्ष र समानुपातिक उम्मेदवार तथा कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियो ।

ओखलढुंगाको विकास र समृद्धिका निम्ति लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने जोड दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडाले गठबन्धनले हार्दा विकासले हार्ने र गठबन्धनले जितेमा विकासले कोल्टे फेर्ने बताए । उनले ओखलढुंगाको विकास र समृद्धिका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

यस्तै प्रदेशसभा सदस्य उम्मेदवार प्रदीपकुमार सुनुवारले ओखलढुंगाको शिर नझुक्ने गरेर इमानका साथ विकास गर्ने बताए । उनले ५ वर्षभित्र सबै घर घरमा बिजुली र खानेपानीको धारा समेत पुर्याउने प्रतिबद्धता जनाएका छन् । उनले वर्तमान शिक्षाले बेरोजगार उत्पादन गरिरहेको बताउँदै गाउँका विद्यालयहरुमा प्राविधिक धारसहितको विद्यालय सञ्चालनका लागि आफूले पहल गर्ने बताए ।

कार्यक्रममा कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीका अन्य नेताहरुले समेत धारणा राखेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content