March 4, 2024
Comp-1-1

उदाउँदो सूर्यलाई अर्घ दिइ छठ समापन

Comp-1-1

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ । नदी किनार, पोखरीमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिएर छठ सम्पन्न गरेका छन् । सूर्योदयकालमा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न गर्ने परम्परा छ ।
कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ । यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला–पुरुषले पति–पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधु प्राप्तिको कामनाका लागि गर्छन् ।

छठ पूजाले सन्तान प्राप्ति हुने धार्मिक विश्वाससमेत व्याप्त छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको बताइन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको थियो । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौंलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

फोटो फिचर

तस्बिर: शंकर भुजेल/समाचारपाना

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content