February 21, 2024
Comp-1-1

गठबन्धनका उम्मेदवारहरू गाउँगाउँमा अन्तरक्रिया गर्दै

Comp-1-1

ओखलढुंगा–  गठबन्धनका उम्मेदवारहरू अन्तरक्रिया गरेका छन् । भेटघाटमा गाउँगाउँमा पुगेका नेताहरु मानेभञ्याङ र चिशंखुगढीका जनतासँग अन्तरक्रिया गरेका हुन् ।

संघ तर्फका उम्मेदवार रामहरि खतिवडा तथा प्रदेश तर्फ क्षेत्र नं १ का प्रदिपकुमार सुनुवार भदौरै हुँदै कुइभीर र खानीभञ्ज्याङ पुगेका नेताहरुले त्यहाँ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । भेटघाट गर्दै मत माग्न व्यस्त छन् ।

त्यस्तै  प्रदेश तर्फ क्षेत्र नं २ का गठबन्धनका उम्मेदवार बाबुराम गाैतम मानेभञ्ज्याङकाे थाक्लेमा पुगेका छन् । उनले त्यहाँ स्थानीयसँग भेटघाट तथा फलफल गरेका छन् ।

उनीसँगै समानुपातिक तर्फ संघीय प्रतिनिधि सभाका उम्मेदवार चम्पा कार्की समेत छन् । त्यस्तै समानुपातिक तर्फ नेकपा एकिकृत समाजवादीका प्रदेश १ का उम्मेदवार राधा निराैलाले समानुपातिकमा कलम चिन्हमा मतदान गर्न अनुराेध गरेकी छन् ।  प्रत्यक्षमा गठबन्धनका खतिवडा र सुनुवारलाई रुख र समानुपातिकमा कलम चिन्हमा मतदान गर्न अपिल गरेकी हुन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content