March 4, 2024
Comp-1-1

स्थानीय उत्पादको प्रवर्द्धन गर्दै विथ लोकल्स नेपाल

Comp-1-1

काठमाडौं । स्थानीय उत्पादनको विकास र प्रवर्द्धन गर्दै विथ लोकलस् नेपालद्वारा आयोजित एक दिने शनिबारे बजार कार्यक्रम सम्पन्न भएको छ । शनिबार किर्तिपुर स्थित प्रतिनिधिसभा सदस्य राजन कुमार केसीले कार्यक्रमको उद्घाटन गरेका थिए । किर्तिपुर नगरकै पहिलो यस कार्यक्रममा सांसद पुकार महर्जन, किर्तिपुर नगरपालिकाका मेयर तथा उपमेयरको समेत उपस्थित रहेको थियो ।

स्थानीय खाना र संस्कृतिको पहिचान र प्रवर्द्धन गराउन हरेक हप्ता शनिबारको दिन विथ लोकलस् नेपालले स्थानीय महिला दिदीबहिनीहरुले बनाएका परिकारहरुको स्टल लगाई उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको हो ।

स्थानीय परिकारहरुलाई ब्रान्डको रुपमा रुपान्तरण गर्न र स्थानीय परिकारहरुको भविष्य सुनिश्चित गरी भावी पुस्तालाई यसको महत्व बुझाउन कार्यक्रमले ठूलो भुमिका निर्वाह गर्ने कार्यक्रममा उपस्थित सहभागिले बताए । यस्ता कार्यक्रमहरुले स्थानीय परिकारहरुलाई जोगाई मात्र राख्दैन यसबाट आम्दानीको स्रोत पनि बढ्ने कार्यक्रममा सहभागी उद्यमीहरुले बताएका छन् । करिब तीन–चार हजार आगन्तुकहरुले अवलोकन गरिएको यस कार्यक्रमले नयाँ पुस्तालाई स्थानीय परिकार र संस्कृतिको बारेमा सजिलै बुझ्न मद्दत गरेको आगन्तुकहरुको भनाइ रहेको छ ।

यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्न हामिसबैले आ–आफ्नो तर्फबाट कदम चाल्नु पर्ने प्रमुख अतिथिले बताए । स्थानीय स्तरको विकास र प्रवर्द्धनका लागि विथ लोकलस् नेपालले स्थापना काल देखिनै यस्ता कार्यक्रमहरु गर्दै आएको र स्थानीय स्तरमा आम्दानीको स्रोत बढ्नुले देशको अर्थतन्त्र वृद्धिमा समेत टेवा पुग्ने हुदा हरेक क्षेत्रमा यस्ता कार्यहरु हुनु जरुरी रहेको विथ लोकल्स नेपालका संचालक सुदिप महर्जनले बताए ।

उक्त कार्यक्रममा कार्यक्रमका सभापति बिन्दु लाल महर्जनले किर्तिपुर नगरपालिकाका मेयर, उपमेयर तथा चार नम्बर वडाका वडा अध्यक्षलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content