February 21, 2024
Comp-1-1

महिला साफ च्याम्पियनसिप आजबाट हुँदै

महिला साफ च्याम्पियनसिप आजबाट हुँदै
Comp-1-1

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजद्वारा उद्घाटन हुनेछ ।

प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल साँझ साढे पाँच बजे शुरु हुनेछ । साविक उपविजेता नेपाल भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । नेपाल यस पटक उपाधि घरमै राख्ने योजनामा समेत रहेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

यस्तै समूह ’बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज तीन गते हुनेछ ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content