March 4, 2024
Comp-1-1

दुर्गाधनका आफन्तको जाहेरी प्रहरीले लिन मानेन

दुर्गाधनका आफन्तको जाहेरी प्रहरीले लिन मानेन
Comp-1-1

काठमाडौं । गोकर्ण स्थित बागमती नदिको किनारमा आइतबार मृत अवस्थामा भेटिएका ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका २३ वर्षीय युवक दुर्गाधन सुनुवारका अहिले परिवारका सदस्यले उनको हत्या भएको आशंका गर्दै बौद्ध प्रहरीमा किटानी जाहेरि दिन खोजेका छन् । तर प्रहरीले जाहेरि लिन नमानेको छैन् । जाहेरि लिन नमाने पछि उनको शवको पोष्ट मार्टम हुन सकेको छैन् ।

उनका परिवारले सीसीटीभी फुटेजमा देखिएको दृश्यले सुनुवारको हत्या भएको हुन सक्ने र घटना शंकास्पद रहेको बताएका छन् । घटनामा प्रहरीको भूमिका पनि शंकास्पद रहेको उनीहरुको दाबी रहेको छ ।

दुर्गाधन भदौ ७ गते कोठमाडौं कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित मदन मेमोरियल कलेजबाट सिभिल इन्जिनियर पास गरेर आफ्ना शैक्षिक कागजात लिन काठमाडौं आएका थिए । मृत भेटिएका दुर्गाधन भदौ ८ गते काठमाडौंको महाँकालमा आफ्ना साथीहरूसँग खानपान गर्न बसेका थिए । त्यसपछि राति ११ बजे कागेश्वरमनोहरा नगरपालिका वडा नम्बर २ आलापोटस्थित दाइको घरमा जाने क्रममा राति गोकर्णमा गस्तीमा रहेको प्रहरीसँग भेट भएको बुझिएको र सो क्रममा लीला गुरुङ नामका एकजना पक्राउ परेका थिए । मोटरसाइकलमा सवार अन्य पाँचजनालाई प्रहरीले लखेटेपछि भाग्न सफल भएका थिए । जसमध्य एक जना दुर्गाधन सुनुवार समेत रहेका थिए । पक्राउ परेका गुरुङलाई भने प्रहरिले ९ गते छोडेको जनाएको छ । तर प्रहरीको लखेटाइबाट भागेका दुर्गाधन आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले दुर्गाधनसहितलाई लखेटेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । यस घटनाबारे प्रहरीकै भूमिका शंकास्पद रहेको आफन्तको आरोप रहेको छ । दुर्गाधनको शंकास्पद अवस्थामा शव भेटिएको कारण आफन्तले प्रहरीमाथि अनुसन्धान हुनुपर्ने भन्दै जाहेरी दिन खोजेका छन् । प्रहरी वृत्त बौद्धका डीएसपी हरि बहादुर बस्नेतसँग घटना र जाहेरी बारे बुझ्दा प्रहरी विरुद्ध जाहेरी आएकाले प्रहरीले उजुरी लिन नमानेको बताएका छन् । यदि मृतकका आफन्तले जाहेरी सच्याएर ल्याए दर्ता गर्ने र अनुसन्धानमा सघाउने बताए । तर मृत दुर्गाधनका आफन्त प्रहरीमाथि पनि अनुसन्धान हुनुपर्ने माग राख्दै प्रहरी वृत्त बौद्धमा धर्नामा बसेका छन् । दुर्गाधनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतामा राखिएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content